वल्भेससँग पनि हार्‍यो चेल्सी

वल्भेससँग पनि हार्‍यो चेल्सी
+
-

इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिसमस इभमा चेल्सी वल्भेससँग स्तब्ध बनेको छ। आइतबार राति भएको खेलमा चेल्सी वल्भेससँग २-१ ले पराजित भएको छ। जारी सिजन निरासाजनक यात्राबाट गुज्रिरहेको चेल्सीको यो प्रिमियर लिगमा आठौं हार हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सी विरुद्ध घरेलु टोली वल्भेसले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो। उसका लागि मारिओ लेमिना र म्याट डोहेट्रिले समान १-१ गोल गर्दा चेल्सीका लागि सब्सटिच्युट नकुनकुले हेडमार्फत खेलको अन्तिम समयमा एक गोल फर्काएपनि टिमको हार टार्न सकेन।

खेलमा अग्रता बनाउने क्रममा वल्भेसका लागि लेमिनाले ५१ औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि ११ मिनेट थप गरिएको इन्जुरी समयको तेस्रो मिनेटमा डोहेट्रिले अग्रता दोब्बर पार्दा इन्जुरी समयको छैटौं मिनेटमा चेल्सीले एक गोल फर्कायो।

पूर्व सिटी स्टार रहिम स्ट्रालिङले गरेको क्रसमा नकुनकुले हेड गर्दै खेलमा फर्किने प्रयास गरेपनि अङ्क खोस्न पर्याप्त रहेन। अन्तिम समयमा तेस्रो गोल गर्ने सुन्दर मौका वल्भेसले गुमाएपनि उसले ३ अङ्क जोड्दै १८ खेलबाट चेल्सी समान २२ अङ्क बनाएको छ। चेल्सी १० औं स्थानमा रहँदा वल्भेस ११ औं स्थानमा उक्लिएको छ।

प्रिमियर लिगमा वल्भेसले आधासताब्धि पुग्न लाग्दा चेल्सी विरुद्ध लगातार दुई लिग खेलमानै जित निकालेको हो। यसअघि यसै सिजनको पहिलो खेलमा पनि चेल्सी गत ८ अप्रिलमा १-० ले पराजित भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?