१७ वर्षपछि फेरि पोखरामा राजा विरेन्द्रको सालिक ठड्याइयो

१७ वर्षपछि फेरि पोखरामा राजा विरेन्द्रको सालिक ठड्याइयो
+
-

पोखरा-२०६२/६३ को जनआन्दोलनको बेला तोडफोड भएको राजा विरेन्द्रको सालिक १७ वर्षपछि ठड्याइएको छ।

पोखराको रामबजारस्थित विरेन्द्रचोकमा राजा विरेन्द्रको सालिक गएराती पौनै २ बजेको समयमा राखिएको हो। ८ फिट अग्लो ढलोटको सालिक निर्माणमा २५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ।

मध्यरातमा राजा विरेन्द्रको सालिक ठड्याइएपछि राजतन्त्र पुर्नस्थापनाको एजेन्डा बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राखेको हुनसक्ने अनुमान भइरहेका छन्।

पार्टीले नभइ स्थानीय समितिले निर्माण गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए। गिरीका अनुसार पहिला मनवीर गुरुङ ‘ढासा’को नेतृत्वमा सालिक पुननिर्माण समिति बनेको थियो।

त्यो समितिले काम गर्न नसकेपछि अहिले मेजर गणेशबहादुर पौडेलको अध्यक्षतामा नयाँ समिति बनेको छ। समितिका सचिवसमेत रहेका गिरीले सालिक ठड्याइएपनि रंगरोगनको काम बाँकी नै रहेको बताए।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता क्षेत्रबहादुर केसीको नेतृत्वमा २०५९ सालमा त्यहाँ सालिक स्थापना गरिएको थियो।
सालिक राखिएको स्थानलाई विरेन्द्रचोक नामकरणसमेत भएको थियो। पछि उनै क्षेत्रबहादुरको गोली हानेर हत्या भयो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?