पेनाल्टी सुटआउटमा पोखरालाई पराजित गर्दै धनगढी एनएसएलको फाइनलमा

पेनाल्टी सुटआउटमा पोखरालाई पराजित गर्दै धनगढी एनएसएलको फाइनलमा
+
-

काठमाडौं-नेपाल सुपर लिग (एनएसएल) को रोमाञ्चक क्वालिफायरमा पोखरा थन्डर्सलाई स्तब्ध पार्दै धनगढी एफसी प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ।

सोमबार साँझ भएको रोमाञ्चक खेलमा निर्धारित र अतिरिक्त समयमा लिएको अग्रता जोगाउन नसक्दा पोखरा स्तब्ध बन्यो। धनगढीले भने दुई पटकको अग्रता तोड्दै रोमाञ्चक  रुपमा खेल २-२ गोलको बराबरीमा ल्याएको थियो।  त्यसपछि खेल पेनाल्टी सुटआउटमा धकेलिंदा धनगढी  पेनाल्टी सुटआउटमा समेत  पोखरा सँग पछि परेको थियो।  तर अन्तिम २ प्रहार धनगढीका गोलरक्षकले बचाउँदा पोखरा ४-३ ले स्तब्ध भयो भने धनगढीले फाइनलमा स्थान बनायो।

पराजित भएको पोखराले अझै एक अवसर पाउने छ। अब पोखराले ललितपुर र काठमाडौंबिचको इलिमिनेटर चरणको खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ।

खेलमा पोखराले पाँचौं मिनेटमानै अग्रता बनाएको थियो। आयुष घलानले सुरुवातमानै पोखरालाई अग्रता दिलाएको खेलमा धनगढीले दोस्रो हाफमा बराबरी गोल फर्कायो। देवेन्द्र तामाङ्गले बराबरी गोल गर्दा निर्धारित समय १-१ गोलमा सिकएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा पनि पोखराले अग्रता बनायो। १०३ मिनेटमा पोखराका स्टेफन कोजोले गोल गरेपनि अन्तिम मिनेटमा पोखरा समालिन नसक्दा धनगढीले बराबरी गर्‍यो। खेलको १२० औं मिनेटमा धनगढीका लागि अह्मद हिजाजीले गोल गर्दै खेल पेनाल्टीमा पुर्‍याए।

पेनाल्टी सुटआउटमा धनगढीलाई पेनलाल्टी सुटआउटमा तेस्रो पेनाल्टी प्रहार गर्न आएका हिजाजीको प्रहार गोलरक्षकले बचाउँदा बाँकी सबै चार खेलाडीले गोल गरे। पोखराले भने सुरुवाती ३ पेनाल्टीमा गोल गरेपनि अन्तिम दुई पेनाल्टीमा मोजेज र आयुष घलानको प्रहार मोहम्मद ताहाले जोगाउँदा धनगढी फाइनलमा पुग्न सफल भयो। ताहा म्यान अफ द म्याच समेत घोषित भए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?