मध्यरातमा कारले ठक्कर दिँदा २ पैदलयात्रीको मृत्यु

मध्यरातमा कारले ठक्कर दिँदा २ पैदलयात्रीको मृत्यु
+
-

पोखरा- गएराति पोखराको पर्स्याङमा कारले ठक्कर दिँदा २ जना पैदलयात्रीको मृत्यु भएको छ।

बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले राति ११ बजेर ५१ मिनेटमा पैदलयात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट बाग्लुङको ढोरपाटन घर भइ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष घाइते भएका थिए।

दुवैको उद्दार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। दुवै जनाको उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने कारलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको १५ जनाको टोलीले नियन्त्रणमा लिएको छ। कार चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ।

दुवै जनाको शव अस्पतालको शवगृहमा राखिएको डिएसपी विकले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?