लेकसाइडमा सडक महोत्सवको रौनकः एउटै थलोमा अनेक कला संस्कृति (तस्बिरसहित)

लेकसाइडमा सडक महोत्सवको रौनकः एउटै थलोमा अनेक कला संस्कृति (तस्बिरसहित)
+
-

पोखरा – पोखराको पर्यटनमा स्थापित इभेन्ट हो, ‘सडक महोत्सव’। २५ वर्ष अगाडि विदेशी पर्यटकको बसाइँ रोक्न अंग्रेजी नयाँ वर्ष विशेष परिकल्पना गरिएको सडक महोत्सव ब्राण्डकै रुपमा स्थापित छ।

नयाँ वर्ष मनाउनकै लागि पोखरा आउने स्वदेशी र विदेशी पाहुनामाझ लोकप्रिय सडक महोत्सव सुरु भएको छ। लेकसाइडको कोमागाने पार्कमा बिहीबारदेखि २५ औँ संस्करणको महोत्सव पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे।

रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको महोत्सव उद्घाटन पहिले लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म झन्डै ३ किलोमिटर सडकमा साँस्कृतिक झाँकीसहितको र्‍याली निकालियो। हजारौँ सहभागी र्‍यालीमा चितवनको थारु नाचदेखि रुकुमको मयूर नाचसम्म देखाइयो।

गण्डकीमा प्रचलित भजन चुड्कासँगै मारुनीको पनि रौनक थियो। धार्मिक सहिष्णुताको दृश्य झन गज्जब देखिन्थ्यो। अघिअघि मुस्लिम घर्मालम्वी पछिपछि हिन्दुधर्मालम्वी आफ्नै संस्कृति प्रदर्शन गर्दै धार्मिक सहिष्णुताको सन्देश दिए।

एकै थलोमा अनेक कला संस्कृतिको स्वाद चाख्न पाएपछि लेकसाइड घुम्न आएका पर्यटक खुब चाख मानेर भिडियो र फोटो कैद गरिरहेका देखिन्थे।

एक दिनबाट सुरु भएको महोत्सव सन् १९९९ मा एकहप्तासम्म चलेको थियो। ‘मिलेनियम वर्ष’ का रुपमा पहिलो पटक सात दिनसम्म मनाइएको र त्यसयता ५ दिन महोत्सव मनाइँदै आइएको छ।

पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा हुने महोत्सव रजत जयन्तीका रुपमा पुस १६ गतेसम्म चल्ने महोत्सव संयोजक विश्वराज पौडेलले जानकारी दिए।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित सुरु महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ। महोत्सवमा ५ लाख पाहुना भित्र्याउने लक्ष्य छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?