
काठमाडौं: निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूहको पौडि प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ। प्रतियोगितामा सहभागि प्रतियोगिहरुले मेडल जितेका आधारमा अङ्क प्रदान गर्दा निसर्ग टीम च्याम्पियन बनेको हो।
नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा निसर्गले कुल १४८ अंक हासिल गर्दै टिम च्याम्पियन बन्यो। त्यस्तै दोस्रो स्थानमा स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा रहेको काठमाण्डौ वल्र्ड स्कुलले २६ अंक प्राप्त गर्न सफल भए। प्रतिययोगितामा कुल १३ स्कुल सहभागि रहेका थिए।
अजललाई ५ हजार नगद सहित सम्मान
२६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूहमा राष्ट्रिय किर्तिमान कायम गर्न सफल स्वस्तीश्री गुरुकुलका अजल काजी श्रेष्ठलाई नगद पुरस्कारले सम्मान गरियो। नेपाल पौडी संघद्वारा राष्ट्रिय किर्तिमान कायम गरे वापत प्रदान गर्ने नगद ५०० बाट श्रेष्ठलाई समान गरिएको हो। उनलाई प्रमुख अतिथीका रुपमा उपस्थित भएका ललितपुर महानगरपालिका मेयर चिरीकाजी महर्जनले पुरस्कृत गरेका थिए।
नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको खुल्ला तर्फ २०० मिटर फ्रिस्टायलमा अथर्व सिंहले स्वर्ण जिते। उनले २ मिनट ५.२७ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन।
त्यस्तै दोस्रो स्थानमा निसर्गका सुविज्ञ मान तुलाधर र तेस्रो स्थाना निसर्गकै सनिल कुमार थापा मगर रहे। पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा विकास कुमालले ३१.३९ सेकेन्ड समयका साथ स्वर्ण हात पारे। दिपंकर अवालेले रजत र प्रिमियरका इरभिन श्रेष्ठले कास्य जिते।
पुरुष १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ४.०३ सेकेन्ड समयका साथ निसर्ग बाटिकाका जाडेन श्रेष्ठले स्वर्ण जिते। दोस्रो स्थानमा अथर्व सिंह र तेश्रो स्थानमा आरोन भण्डारी रहे। पुरुष १०० मिटर ब्रेष्टस्ट्रोकमा दिपंकर अवालेले स्वर्ण जिते। उनले विकास कुमाललाई रजतमा खुम्चाउन सफल भए। अथर्व सिंहले कास्य पदक पाए।
पुरुषको ५० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजलकाजी ताम्राकारले २४.३९ सेकेन्ड समयका साथ आफ्ना लागि तेस्रो स्वर्ण हात पारे। उनले प्रतियोगिताको पहिलो दिन २ स्वर्ण जितेका थिए। प्रिमियरका इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कास्य पाए।
महिला १०० मिटर बटरफ्लाईमा मेगन गुरुङ्गले १ मिनट १७.२८ सेकेन्ड समयका साथ स्वर्ण जितिन्। स्वस्तीश्रीकी आहना मर्जनले रजत र लिटल एन्जल्सकी काभ्या श्रेष्ठले कास्य जिते। महिला १०० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीकी अनुसिया तण्डुकारले १ मिनट २.८९ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा मेगन गुरुङ्गले रजत र प्रिमियरकी रोशा न्यौपानेले कास्य हात पारे।
महिला ५० मिटर बटरफ्लाईमा ३२.५२ सेकेन्ड समयका साथ प्रिमियरकी रोशा न्यौपानेले स्वर्ण जितिन्। मेगन गुरुङ्गले रजत हात पार्दा सेन्ट मेरी स्कुलकी देभान्सी जोशीले कास्य जितिन्।
महिला ५० मिटर ब्रेकस्ट्रोकमा आर्या महर्जनले स्वर्ण जित्दा उनले उनले उक्त दुरी ३४.५४ सेकेन्ड समयमा पुरा गरिन्। निसर्गकी बैनभी श्रेष्ठले रजत र मिल्सवेरीकी सिसोम्बुन राईले कास्या जिते।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी ललितपुर महानगरापालिकाका मेयर चिरी बाबु महर्जन, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य लगायतले पुरस्कार वितरण गरेका थिए।
तस्बिरहरु