
नेपालको भ्रमणमा रहेका छिमेकी मुलुक भारतका विदेशमन्त्री एस जयशङ्करले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन एवम् पूजाआजा गरेका छन् ।
बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री जयशङ्करले आज बिहान पशुपतिमा पुगेर विशेष पूजाआजाका साथै रुद्राक्षको बिरुवा रोपेका हुन् ।
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी नेपाल आएका हुन् ।
थप तस्बिरहरू: