
काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसहित ७ जना प्रदर्शनकारी माइतीघर मण्डलाबाट पक्राउ परेका छन्।
शनिबार बिहान सरकारले निषेधित गरेकाे क्षेत्रमा प्रदर्शन गरेकाे भन्दै चिकित्सक केसीसहित ७ जना प्रदर्शनकारी पक्राउ परेका हुन्।
डा. केसीद्वारा जारी गरिएकाे विज्ञप्तिमा प्रदर्शन गरिरहेको अवस्थामा पक्राउ गरेर थुन्न खोज्नु प्रचण्ड सरकारको तानाशाही प्रवृत्ति भएको बताइएकाे छ। यसैगरी सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउनुपर्ने माग डा. केसीकाे छ।
यस्तै, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउनुपर्ने र यसअघि भएका सम्झौताहरू कार्यान्वयन गर्न माग गरिएको छ।
हेर्नूहाेस् तस्बिरहरू: