महिला र बालिकालाई यौन शोषण गर्ने ३ जना पक्राउ

महिला र बालिकालाई यौन शोषण गर्ने ३ जना पक्राउ
+
-

पोखरा- होटलमा काम दिने प्रलोभनमा महिला र बालिकालाई यौनशोषण गर्ने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका- ८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो।

पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा-१७ विरौटा बसने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि प्रलोभनमा पारेर यौनजन्य गतिविधिमा लगाउने सूचनाको आधारमा होटलमा छापा मारेको उनको भनाइ छ।

प्रहरीले छापा मार्दा १ जना बालिका र २ जना महिलालाई खाजा घरबाट बाहिर लाने तयारीमा रहेका थिए। तीनै जनाको प्रहरीले उद्धार गरेको छ।

बिहीबार पक्राउ परेका ३ जना विरुद्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर मानव वेचविखन तथा ओसारपसार मुद्वामा अनुसन्धान भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?