आदर्शबस्तीमा निःशुल्क स्वास्थ्य शिविर

आदर्शबस्तीमा निःशुल्क स्वास्थ्य शिविर
+
-

कास्की- पोखरा महानगरपालिका- १८ आदर्शबस्तीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ललितपुरको चाकुपाटस्थित जिएनपी अस्पताल तथा ग्रिन नेपाल प्रोमोशन प्रालिको प्राविधिक सहयोग र आदर्श बस्ती समाजको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा उच्च रक्तचाप, मधुमेह, नशा तथा हाड जोर्नीसहित विभिन्न रोगका करिब १ सय ५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिएनपी अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेश राईले जानकारी दिए ।

स्वास्थ्य शिविरका सहभागीलाई डा.राई, डा.विजय लामिछाने, ग्रिन नेपाल प्रेमोशन प्रालिका अध्यक्ष रामकुमार राई र प्रशासन प्रमुख पुरुषोत्तम कोइरालाले प्राकृतिक उपचार पद्धति, उपचार विधि, शारीरिक व्यायाम, स्वच्छ जीवनशैलीका लागि अपनाउनुपर्ने पूर्व सावधानी र खानपानलगायत विषयमा सचेतनामुलक जानकारी दिएका थिए ।

बंषाणुगत र घटना विशेषका कारणबाहेक मानव शरीरमा लाग्ने अधिकांश रोगको स्रोत खानपान र जीवनशैली भएको डा. राईले बताए ।

खानपिनमा अनुशासित हुन सके र नियमित व्यायाम गर्न सकिए धेरै रोगबाट बच्न सकिने डा. राईको भनाइ थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?