नरैनापुरमा हात्तीपाइलेको जीवाणु परीक्षण

नरैनापुरमा हात्तीपाइलेको जीवाणु परीक्षण
+
-

नेपालगञ्ज – बाँकेको नरैनापुर गाँउपालिका–४ खोदवा गाँउमा तीन सय दुई जनाको हात्तीपाइले रोगको जिवाणु परीक्षण गरिएको थियो। ।

तीन सय दुई जनामा गरिएको र्‍यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा नरैनापुरमा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको नरैनापुर गाँउपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा खोदवामा आरडिटी जाँच गरिएको थियो। नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा यदि पोजेटिभ केस फेला परेको खण्डमा दुई वर्ष थप तिन वटै पालिकाका नागरिकले औषधी सेवन गर्नु पर्ने संयोजक शाहले बताए।

हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रूपमा अभियान चलाइराख्नुपरेको छ। स्वास्थ्य कार्यालयले अहिले पालिका स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी हात्तीपाइले रोगको जिवाणु परीक्षण शुरु गरेको छ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका– ६ रझेनामा तीन सय जनामा गरिएको र्‍यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला परे पछि आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए।

आरडिटी जाँचमा शरीरभित्र मरेका जिवाणु भएपनि पोजेटिभ देखिने भएकाले यकिन गर्न रात्रीकालीन माइक्रोस्कोपिङ जाँचका लागि रक्त नमुना संकलनको गरिएको उनको भनाइ छ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ। हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन। अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?