नेपालमा भारतको समानान्तर सरकारको झझल्को: कमल थापा

नेपालमा भारतको समानान्तर सरकारको झझल्को: कमल थापा
+
-

पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गरिएको विद्युत व्यापार सम्झौताले जलस्रोतमा भारतको एकाधिकार हुन सक्ने बताएका छन्।

कुनै एक राष्ट्रको एकाधिकार हुनेगरी जलस्रोतको विकास जोखिमपूर्ण हुने उनको टिप्पणी छ।

मंगलबार पोखरामा भएको पत्रकार भेटघाटमा अध्यक्ष थापाले भारतीय दूतावासले सिधै २० करोड रुपैयाँसम्मका आयोजनामा लगानी गर्न सक्ने सम्झौताले नेपालमा भारतको समानन्तर सरकारको झल्को दिएको जिकिर गरे।

‘यो सम्झौता अत्यन्तै आपत्तिजनक छ। यसले समानन्तर सरकारको झझल्को दिन्छ। नेपालको राष्ट्रियता र सार्वभौमत्तालाई कमजोर बनाउँछ भन्ने हाम्रो निष्कर्ष छ’, उनले भने।

सम्झौता कार्यन्वयन अगावै खारेज गर्नुपर्ने थापाको माग छ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणमा महत्वपूर्ण विषयको उठान हुनै नसकेको उनको भनाइ छ।

‘केही महत्त्वपूर्ण विषयको उठान हुनै सकेन। त्यसले सरकारको निरीहता प्रदर्शन गरेको छ’, अध्यक्ष थापाले भने, ‘बहुचर्चित इपिजी, १९५० को सन्धीको पुनरावलोकन, सिमा विवाद लगायतका विषयमा सरकार मौन रहनुले निरीहतालाई प्रदर्शित गरेको छ।’

उनले राष्ट्रियसभामा पटक-पटक अवसर पाएका र प्रतिनिधिसभाको निर्वाचनमा हार व्यहोरेकालाई उम्मेदवार बनाएर ठूला दलले संविधनाको खिल्ली उडाएको बताए।

संविधानको मर्म र भावनाको उपहास हुने गरेर उम्मेदवार छनोट गरेको थापाको आरोप छ।

‘राष्ट्रियसभा भनेको सिमान्तकृत, अल्पसंख्यक र विज्ञहरुको सहभागिता रहनुपर्ने संसद हो। तर, प्रमुख राजनीतिक दलहरूले गत निर्वाचनमा पराजित भएका पटक पटक अवसर पाएका व्यक्तिहरुलाई उम्मेदवारको रूपमा मनोनयन गर्नु अल्पसंख्यक, सिमान्तकृत र समावेशी प्रतिनिधित्वलाई उपेक्षा गर्नु अत्यन्तै आपत्तिजनक रहेको छ’, उनले भने।

संघीय गणतन्त्रमाथि सबैतिर प्रहार भइरहेको गुनासो गर्ने ठूला दलका गतिविधिले नै संघीय गणतन्त्रको औचित्यलाई समाप्त पारेको उनको जिकिर छ।

उनले अहिलेको व्यवस्था परिवर्तन अपरिहार्य भएको बताए।

‘विकल्पमा सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। प्रदेशस्तरीय संरचनाको खारेज गरी केन्द्र र स्थानीय सरकार गरी २ तहको सरकार रहने व्यवस्था कायम गरिनुपर्दछ’,उनले भने।

उनले व्यवस्थासँगै राजनीतिक दलका नेता फेर्नुपर्ने बताए। सीमित दलले राज्य संयन्त्रमा सिन्डिकेट गरेर अकुत भ्रष्टाचार गरिरहेको अध्यक्ष थापाको दाबी छ।

‘त्यहीं सम्पत्ति दुरुपयोग गरेर नयाँ शक्तिलाई चुनावमा जित्नै दिँदैनन्’, उनले आरोप लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?