राप्ती स्वास्थ्य प्रतिष्ठानमा ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन

राप्ती स्वास्थ्य प्रतिष्ठानमा ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन
+
-

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन गरिएको छ ।

घोराही गोग्ली निवासी एक जना बिरामीको फुटेको आन्द्राको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो ।

प्रतिष्ठानको सर्जरी विभागमा रहेका सर्जनहरु डा.सुर्यमान लिम्वु, डा.अभिषेक पौडेल, डा.आनन्द न्यौपाने, डा. आत्मानन्द वर्मासहितको चिकित्सक, स्वास्थ्यकर्मी, नर्ससहितको टोलीले फुटेको आन्द्राको ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट अप्रेसन गरेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले बताए।

‘बिरामीको सानो आन्द्रा प्वाल परेको थियो, हामीले दुरविनको माध्यमवाट फुटेको आन्द्रा सिलाएका हौँ,’–अप्रेसनमा संलग्न चिकित्सक सर्जन डा. आनन्द न्यौपानेले भने ।

यसअघि फुटेको आन्द्राको चिरेर हुँदै आएको अप्रेसन पहिलोपटक प्रतिष्ठानमा दुरविन विधिबाट सुरु भएको सूचना अधिकारी भट्टराईले बताए ।

सर्जन डा.अभिषेक पौडेलका अनुसार विरामीको अवस्था सामान्य रहेको र अबको केही दिनमा विरामी निको भएर घर फर्किने छन् ।

चिकित्सकहरूका अनुसार यो प्रविधिबाट अप्रेसन गर्दा घाउ सानो हुने, रगत कम बग्ने, घाउ छिटो निको हुने, घाउको दाग सानो देखिने, संक्रमणको जोखिम कम हुने र बिरामीलाई डिस्चार्ज छिटो गर्न मिल्नेजस्ता फाइदा हुन्छन् ।

पेटमा साना प्वाल बनाएर दूरबिनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधि नै ल्याप्रोस्कोपी हो । पछिल्लो समय नेपालमा भित्र्याइएका प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सुरक्षित र भरपर्दो विधिका रूपमा चिनिन थालेको सर्जन डा.सुर्यमान लिम्वुले बताए । ‘यो विधिअन्तर्गत शल्यक्रिया गर्नुपर्ने अंगमाथि प्वाल बनाएर क्यामेरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ,’ उनले भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?