आहा! रारा पोखरा गोल्डकपः दिल्ली र पारो एफसी सहभागी हुँदै

आहा! रारा पोखरा गोल्डकपः दिल्ली र पारो एफसी सहभागी हुँदै
+
-

पोखरा- भुटान प्रिमियर लिगको च्याम्पियन पारो फुटबल क्लब र भारतको दिल्ली फुटबल क्लब यसपालिका आहा! रारा पोखरा गोल्डकपमा सहभागी हुने भएका छन्।

प्रतियोगितामा यी दुवै टोलीको पहिलो सहभागिता हो। दिल्ली एफसी भारतीय आइलिगको सातौं स्थानमा रहेको टोली हो।

२३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा दुई विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ।

सहारा क्लब पोखराको आयोजनामा माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालाको फुटबल मैदानमा प्रतियोगिता हुँदैछ।

पारो र दिल्लीको आगमनले प्रतियोगितालाई थप उचाइमा पुर्‍याउने सहारा क्लबका अध्यक्ष केशव बरालले बताए।

यस्तै, ‘ए’ डिभिजनका ८ क्लब सहभागी हुनेछन्। डिफेन्डिङ च्याम्पियन संकटासँगै, चर्च ब्वाइज, मछिन्द्र एफसी, मनाङ मर्स्याङ्दी, जवालाखेल, थ्रिस्टार प्रतिष्पर्धामा उत्रनेछन्।

विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहनेछ।

आयोजक सहारा क्लब र राइजिङ स्टार फुटबल क्लब नवलपुरले पनि खेल्नेछन्। मोफसलको क्लब राइजिङको पनि पहिलो सहभागिता हो।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड ८५ लाख रुपैयाँ आम्दानी र १ करोड ४९ लाख खर्च हुने अनुमान गरिएको छ। बचत रकम सहाराले सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने महासचिव अधिकारीले बताए।

एकेडेमीमा हाल चौंथो ब्याचमा १४ जना बालक आश्रित छन्।

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको पहिलो संस्करण २०५८ सालमा क्याराभान कपबाट भएको थियो।

आयोजक सहाराले गत संस्करणदेखि प्रतियोगिताको नाम परिवर्तन गरेको हो। लामो समय आहारारा गोल्डकपका नामबाट भएको प्रतियोगितालाई २२ औं संस्करणदेखि ‘आहा रारा पोखरा गोल्डकप’मा परिवर्तन गरेको थियो।

२२ औं संस्करणको उपाधि संकटा क्लबले उचालेको थियो। फाइनल खेलमा संकटाले भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकालाई ३-२ गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको थियो।

गतवर्ष १० टिमको सहभागिता थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?