‘न्याय माग्न’ सर्वोच्च पुगेकी आरतीलाई प्रहरीले गर्‍याे पक्राउ

‘न्याय माग्न’ सर्वोच्च पुगेकी आरतीलाई प्रहरीले गर्‍याे पक्राउ
+
-

काठमाडौं- न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी रावललाई प्रहरीले सर्वोच्च अदालतकाे गेट अगाडिबाट पक्राउ गरेको छ।

सोमबार बेलुकादेखि अनसन बसेको बताउने उनलाई ‘आन्दोलन गर्दिनँ र न्याय माग्छु’ भन्दाभन्दै प्रहरीले पक्राउ गरेको हो।

हिजो साँझदेखि शान्तिबाटिकामा अनसन बसेकी उनलाई प्रहरीले आज बिहान सर्वोच्चको गेटमा पुग्नासाथ पक्राउ गरेको हो।

आरतीले आइतबार दिउँसाे सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी थिइन्। आत्मदाह प्रयास गर्ने क्रममा प्रहरीले तत्काल उद्धार गरेको थियाे।

उनले श्रीमान् भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी छन्। कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि न्यायाधीश गिरी गतवर्ष चैत २८ गते पक्राउ परेका थिए।

गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो। गिरीकी श्रीमतीले भने उनलाई थुनामा राख्नुपर्ने माग गर्दै आएकी छन्।

तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष