माइक्रोबसको ठक्करले चितुवाको मृत्यु

+
-

नेपालगञ्ज– बाँकेमा माइक्रोबसको ठक्करले चितुवा मरेको छ।

पश्चिमदेखि पूर्वतर्फ जादै गरेको बा ४ ख २९७४ नम्बरको हाइसले ठक्कर दिँदा चितुवा मरेको हो। राप्तीसोनारी गाउँपालिका–१ मा पर्ने बाखखोर भन्ने ठाउँमा हाइसको ठक्करले चितुवाको घटनास्थलमै मृत्यु भएको थियो।

चितुवालाई ठक्कर दिएर अगाडि बढेको हाइसलाई प्रहरीले दाङबाट नियन्त्रणमा लिएको छ। ‘चितुवालाई मारेर भागेको खबर आएपछि हामीले गाडी पत्ता लगाउने प्रयास गर्‍यौँ, पछिल्लो गाडी पत्ता लगाउदा हाइस भन्ने बुझियो, त्यसलाई खोज्दा दाङ पुगिसकेको रहेछ,’ इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले भने।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कारबाही प्रक्रिया भने वन कार्यालयमार्फत अगाडि बढाइएको छ।

बाँके राष्ट्रिय निकुञ्जले वन क्षेत्रमा गाडी चालकलाई टाइमकार्ड दिन्छ। प्रतिघण्टा ४० किलोमिटरका दरले गाडी चलाउन कार्ड दिइन्छ। निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा पछिल्ला दिनमा बाघलगायत जनावरको उपस्थिति बढेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?