
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना लाभान्वित भएका छन्।
शनिबार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर ६ र ७ अन्तर्गतका १९ वटा गाउँका ३ सय ७ सय जना सर्वसाधारण स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन्।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना तथा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा सम्पन्न उक्त शिविरमा ४६ जना पुरुष र १ सय ११ जना महिला सहित १ सय ५७ जनाको जनरलतर्फ स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा आँखा परीक्षणतर्फ महिला १ सय १ जना र ४९ जना पुरुषसमेत गरी १ यस ५० जनाले आँखा परीक्षण गराएर औषधिसमेत निःशुल्क प्राप्त गरेका थिए।
उक्त शिविरमा राप्तीसोनारी गाउँपालिका वार्ड नं. ६ र ७ को लालपुर, जोरइया, हापुरा, मोहनपुर, सर्री, छटकपुर, कमईडाँडा, निबुवाटार, पनेरिया, बिशम्भरपुर, छपरतल्ली, पदनहा, हबरहवा, बमलहवा, सिधनवा, ढलैइया, गुलरी, भलगडिया, टेपरी लगायतका बासिन्दाहरुले सेवा लिएका थिए।