
काठमाडौँ- काठमाडौँ माइतीघर मण्डलाको निषेधाज्ञा खारेजको माग राख्दै विरोध प्रर्दशन गर्ने नेविसंघका १७ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार नेविसंघ संस्थापन पक्ष काठमाडौँले माइतीघर मण्डलामा प्रर्दशन गर्ने क्रममा विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखेको नेविसंघका नेता अमन भुसालले देशसञ्चारलाई जानकारी दिए।
पक्राउ पर्नेमा नेविसंघ काठमाडौँ अध्यक्ष अंशुल केसी, नेविसंघ केन्द्रीय सदस्य उज्वल बज्राचार्य, आर्दश मल्ल, एन पि जोशी, श्रेयाद पुडासैनीलगायत छन्।
यता, इतर पक्षको पनि आज दिउँसो ३:३० बजे कार्यक्रम छ।
थप तस्बिरहरू: