शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको तयारी पूरा

शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको तयारी पूरा
+
-

मोरङ – कोशी प्रदेश सरकारले विराटनगरमा सञ्चालनमा ल्याउने शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको तयारी पूरा भएको जनाएको छ।
प्रदेशका मुख्यमन्त्री केदार कार्कीका अनुसार अस्पतालको उद्घाटन सोमबार बिहान ११ बजे उद्घाटन गरिनेछ।

आइतबार प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइराला, मुख्यमन्त्री कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, लगायतले तयारीमा रहेको अस्पतालको अनुगमन गरेका छन्। सो क्रममा नेता कोइरालाले हृदय रोग उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र उपयुक्त हुने बताए।

नेता कोइरालाले सञ्चालनमा आउने अस्पतालले केन्द्रीय राजधानी काठमाडौंबाहिरका बिरामीको हृदय रोगको उपचारको ढोका खुलेको प्रस्ट्याए। सोही क्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका हृदय रोगका बिरामीको उपचार संघीय सरकार र प्रदेश सरकारको समान एक लाख गरी दुई लाख जनताले निःशुल्क उपचार सेवा पाउने जानकारी दिए।

मुख्यमन्त्री कार्कीले अस्पताल सञ्चालनबाट कोशी प्रदेशका साथै मधेस प्रदेशका हृदय रोग बिरामीलाई केन्द्रीय राजधानीसंगै भारतीय अस्पताल जानुपर्ने बाध्यता हट्ने विश्वास लिए।

सोमबारबाट अस्पताल सञ्चालनका लागि तयारी पूरा भएको जनाउँदै प्रदेशस्थित स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले चिकित्सक, उपकरण र भौतिक संरचना लगायत सबै तयार अवस्थामा रहेको जानकारी दिइन्। अनुगनमनका क्रममा नेता कोइरालाले जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परिक्षण समेत गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?