हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन सुचारु

हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन सुचारु
+
-

सिमकोट – उत्तरी नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन सुचारु गरिएको पाइएको छ। लिमीको वडा कार्यालय र अभिभावकले विद्यालयलाई बाह्रै महिना पठनपाठन सुचारु राख्ने निर्णय गरेअनुसार सरकारी नियमबाहिर गएर विद्यालयमा पठनपाठन जारी रहेको हो।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गाउँको सामूहिक निर्णयअनुसार विद्यालयलाई हिउँदे बिदामा पनि पठनपाठन जारी राखिएको बताए।

लिमीमा एउटा मात्र सुनखानी आधारभूत विद्यालय मात्र सञ्चालित छन्। दिउँदे बिदा गर्दा विद्यार्थीको पठनपाठन बिग्रिने निष्कर्ष वडा र अभिभावकले गरेपछि विद्यालयमा पठनपाठन जारी राखिएको हो।

शिक्षक पिण्डक तामाङले नियमानुसार सामुदायिक विद्यालयमा पुस १५ बाट बिदा हुनुपर्ने भए पनि लिमीको विद्यालयलाई सुचारु गरिएको बताए।

जिल्लाका सामुदायिक, धार्मिक र संस्थागत गरी १५१ वटा विद्यालयमध्ये लिमीको सुनखानी आधारभूत विद्यालयमा मात्र पठनपाठन सुचारु ग्रिएको हो। बालविकासदेखि कक्षा ६ सम्म पठनपाठन हुने उक्त विद्यालयमा १९ जना विद्यार्थी अध्ययन गर्दै आएका छन्।

एक जना बालविकासको शिक्षक सरकार भए पनि अन्य तीन जना भने निजी स्रोतका शिक्षकले पठनपाठन गराउँदै आएका छन्। उनले विद्यालयमा पाठ्यक्रमका अतिरिक्त तिब्बतीयन भाषा, संगीत र गुरुको ध्यानसमेत गराउँदै आएको बताए।

विद्यालयमा बिहान १० बजेबाट बेलुका चार बजेसम्म पढाइ सञ्चालन हुने गरेको छ। विद्यार्थी र शिक्षकका लागि बिहानको खाना विद्यालयमै खाने व्यवस्था गरिएको छ। यसका लागि अभिभावकले घरबाट खाने कुराको बन्दोबस्ती गर्ने र पालो लगाएर अभिभावकले खाना पकाएर खुवाउने गरिएको छ।

शनिबार मात्र बिदा हुने उक्त विद्यालयमा वार्षिक परीक्षा समेत भएको छैन। विद्यालयले चैतमा गर्ने तयरी गरेको छ। जबकि जिल्लाभरका सबै विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भएर परिणामसमेत आइसकेको छ। लिमीका अन्य दुई गाउँ तील र जाङका विद्यालय विद्यार्थी नभएकाले यसअघि नै बन्द भइसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?