कोहलपुर नगरले तयार पार्‍याे स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’

कोहलपुर नगरले तयार पार्‍याे  स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’
+
-

नेपालगञ्ज – कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार पारेको छ।
कक्षा १ देखि ५ सम्म तयार उक्त पाठ्यपुस्तक कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्धारा आजा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिकरण गरिएको छ।

पाठ्यपुस्तक सार्वजनिक गरिएसँगै चालू शैक्षिक सत्रदेखि कोहलपुर नगरपालिकाका ३१ सामुदायिक र ४९ संस्थागत विद्यालयमा ‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक पढाइ हुने शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिए। सातवटा एकाइ र विभिन्न पाठ समेटेर हाम्रो कोहलपुर पुस्तक तयार पारिएको छ।

जसमा कोहलपुरको परिचय, कोहलपुरमा मानवनिर्मित सम्पदाको महत्व र विशेषताहरु, हाम्रा विकासका पूर्वाधारहरु, हाम्रो पेशा, व्यवसाय र प्रविधि, खुसीका लागि शिक्षा र जीवनपयोगी सिप, हाम्रो वातावरण र विपद् व्यवस्थापन लगायतका बिषयलाई समेटेर पाठ्यपुस्तक तयार पारिएको विज्ञ ऋषि शर्माले जानकारी दिए। ‘स्थानीय स्रोतसाधन, स्थानीय विज्ञ र स्थानीय विषयलाई समेटेर पुस्तक तयार पारिएको छ उनले भने–‘कक्षा १ देखि ५ सम्मनै सात एकाइ छन्। तर विषयवस्तुको गहिराईलाई कक्षा अनुसार बढोत्तरी गरिएको छ।’

कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा भएको पाठ्यक्रम सार्वजनिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले स्थानीय स्रोतसाधनको उपयोग र स्थानीय विज्ञहरुको विज्ञताबाट लेखिएको पुस्तक विद्यार्थीका लागिमात्रै नभएर कोहलपुरबासी सबैका लागि उपयोगी भएको बताए। उनले कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाए। पुस्तकले स्थानीय भाषा, कलासंस्कृति, भुगोल, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पूर्वतयारी लगायत बालबालिकालाई श्रम, र्सिजना र जेष्ठ नागरिकप्रतिको सम्मान गर्ने तवरतरिका समेत सिकाएको उल्लेख गरे।

नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुरको पहिचानका लागि स्थानीय पाठ्यपुस्तक उपयोगी भएको बताइन्। उनले आफु बसेको भुगोल, पहिचानबारे हरेक विद्यार्थीलाई जानकारी हुनु अपरिहार्य रहेको समेत बताइन्। कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पुस्तक कहिलेपनि पूर्ण नहुने भन्दै आवश्यकताका आधारमा संशोधन गर्दै लैजानु पर्ने बताए। उनीहरुले नगरपालिकाले सुखद सुरुवात गरेको भन्दै प्रशंसा समेत गरेका थिए।

कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमाल, विज्ञहरु खोपीराम वली, सुमित्रा न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए। उक्त कार्यक्रममा पुस्तक निर्माणमा योगदान पु¥याएको भन्दै विज्ञहरुलाई सम्मानित समेत गरिएको थियो। स्थानीय पाठ्यपुस्तक तयारी गरी कार्यान्वयनमा ल्याउने कोहलपुर नगरपालिका बाँकेको पहिलो पालिका बनेको छ। अन्य पालिकाले मातृभाषामा पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याएपनि स्थानीय पाठ्यपुस्तक भने कार्यान्वयनमा ल्याउन सकेका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?