
लन्डन– इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्टहामलाई २–१ गोलले हरायो । यो जितसँगै सिटीले घरेलु लिगमा लगातार १३ औं जित हात पारेर आर्सनल, चेल्सी र सन्डरल्यान्डको नाममा रहेको कीर्तिमान बराबरी गरेको छ ।
सिटीले जारी सिजन दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई आठ अंकले पछाडि पारेको छ। सिटी यो सिजन प्रिमियर लिगको एक मात्र अपराजित टोली हो । सिटीले २८ खेल यता अपराजित छ।
इङ्लिस क्लब फुटबलमा सबैभन्दा लामो अपराजित यात्रा कायम राख्ने टोलीको कीर्तिमान म्यानचेस्टर युनाइटेडको छ । युनाइटेड सन्/सिजनमा लगातार ३३ खेलमाअपराजित थियो, जसमा प्रिमियर लिगमा लगातार २० खेलको अपराजितयात्रापनि समावेश थियो ।
घरेलु लिगमा सिटीले यो सिजन १५ खेलबाट १४ जित र एक बराबरीबाट ४३ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यान युनाइटेडको १५ खेलबाट ३५ अंक छ ।
अन्तिम समयमा भाग्य
म्यान सिटीले पछिल्ला चार खेल ८३ मिनेटपछि गोल गरेर जितेको छ जसमा अघिल्ला तीन खेलमा रहिम स्टर्लिङले गोल गरेकाथिए । सिटीले सबै प्रतियोगितामा गरी पछिल्ला चार खेलमा साउथ ह्याम्पटनलाई २–१, हडल्सफिल्डलाई २–१ र फेयनुर्दलाई १–० गोलले हरायो।
शनिबार राति भएको खेलमा पहिलो हाफमा वेस्टहामले अग्रता लिएको थियो। वेस्टहामका एन्जेलो ओग्बोनाले ४४ औं मिनेटमा गोल गरे। तर सिटीका ओटामेन्डीले ५७औं मिनेटमा खेल बराबरीमा ल्याए । ८३ औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै म्यान सिटीलाई कठिन जित दिलाएका हुन् ।