वीरगञ्जमा पनि भगवान् रामको प्राणप्रतिष्ठा सम्पन्न

वीरगञ्जमा पनि भगवान् रामको प्राणप्रतिष्ठा सम्पन्न
+
-

वीरगञ्ज – माघ ८ गते सोमबार भारतको अयोध्यामा भगवान् रामको प्राणप्रतिष्ठा सम्पन्न भएसँगै वीरगञ्जमा पनि भगवान् रामको प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ।

वीरगञ्ज महानगरपालिका–१० घडिअर्वास्थित रामजानकी मन्दिरमा भगवान राम, सीता र हनुमानको प्राणप्रतिष्ठा सम्पन्न भएको हो। सोमबार रामजानकी मन्दिरमा भगवान् रामको प्राणप्रतिष्ठा गरिएको हो।

सयौं वर्ष पुरानो रहेको उक्त राममन्दिर तीन दशकभन्दा पनि बढी समयदेखि अतिक्रमणमा परेको थियो। वीरगञ्ज महानगरपालिकाले अतिक्रमणमुक्त गराएर मन्दिरमा भगवान् रामको प्राणप्रतिष्ठा सम्पन्न गरेको हो। सोमबार प्राण प्रतिष्ठाअघि हजारौ भक्तजन जय श्रीरामको नारा लगाउँदै, जय श्रीराम लेखिएको तथा भगावान रामको तस्बिर भएको झण्डा बोकेर मन्दिरमा पुगेका थिए।

महानगरपालिकाले सोमबार प्राण प्रतिष्ठा भएकाले महानगर क्षेत्रभित्रमा पशुपक्षी जीवजन्तुको बध, मदिरा, माछामासुको बिक्री वितरणलगायत कार्य नगर्न भनेको छ। यस्ता कार्य गरेको पाइए नियमानुसार महानगरले कारबाही गर्ने चेतावनीसमेत सूचनामार्फत दिएको छ।
भारतको अयोध्यामा पनि सोमबार नै भगवान् रामको प्राण प्रतिष्ठाको आयोजना गरिएकाले सोही दिनमै वीरगञ्जको राम जानकी मन्दिरमा पनि प्राणप्रतिष्ठा गरिएको हो। प्राणप्रतिष्ठालाई ध्यानमा राख्दै रामजानकी मन्दिर क्षेत्रमा सजावट गरी आकर्षक पारिएको थियो।

महानगरका मुख्य बजार क्षेत्रका सडकका साथै घरघरमा ‘जय श्रीराम’ लेखिएको झन्डा झुन्ड्याइएको थियो। प्राणप्रतिष्ठा सम्पन्न भएसँगै महानगरका घरघरमासाँझ दियो बालेर दीपावली पनि मनाउने तयारी महानगरबासीले गरेका छन्।

वीरगञ्जमै रहेको प्रसिद्ध शक्ति पीठ माईस्थानको गहवामाई मन्दिर प्रांगणमा साँझ १ लाख २५ हजार दियो बालेर भव्य दीप प्रज्वलन कार्यक्रम पनि राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?