क्यानडा पठाइदिन्छु भनेर ठग्ने २ विदेशीसहित ६ जना पक्राउ

क्यानडा पठाइदिन्छु भनेर ठग्ने २ विदेशीसहित ६ जना पक्राउ
+
-

पोखरा- क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ जना क्यानडियन र भारतीयसमेत रहेका छन्।

मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानेडा लैजाने प्रलोभन देखाएर अन्तर्वार्ता लिन बोलाएको सूचना पाएको प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ गरेको हो।

पोखरा महानगरपालिका-१३ पाटनवेशीकी ६५ वर्षीय पार्वती सुनारले छोरा क्यानडामा रहेकाले सिधै भिषा निकाल्ने प्रलोभन देखाएर अन्तर्वार्तामा बोलाएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

‘अन्तर्वार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्तर्वार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा फेला पार्‍यौं,’ उनले भने।

पक्राउ पर्नेमा पार्वती सुनारसहित पोखरा- ९ महेन्द्रपुलकी ३७ वर्षीय रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका- ३ बस्ने ३२ वर्षीय सिमा सुनार, काठमाडौं महानगरपालिका- १४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन्।

यस्तै, क्यानडाका स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपालका ३२ वर्षीय इस्मित कौरसमेत पक्राउ परेका छन्।

पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको छ।

अन्तवार्ता दिने करिब ३० जना थिए। ‘कोही भर्खर पढ्दै प्लस टु पढ्दै गरेका थिए। होटलमा काम गर्दै गरेका पनि भेटिए। अझै केही सम्पर्कमा आउन बाँकी छ,’ डिएसपी विकले सुनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?