आहा रारा पोखरा गोल्डकपः भुटानको लिग च्याम्पियन पारोसँग थ्रीस्टारको भिडन्त

आहा रारा पोखरा गोल्डकपः भुटानको लिग च्याम्पियन पारोसँग थ्रीस्टारको भिडन्त
+
-

पोखरा- पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा शनिबारदेखि क्वार्टरफाइनलका चरणका खेल सुरु हुँदैछ।

पहिलो क्वार्टरफाइनल खेलमा पाहुना टोली भुटानको पारो एफसी र थ्रीस्टार क्लब आमनेसामने हुनेछन्।

खेल पोखरा रंगशालाको फुटबल मैदानमा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ।

थ्रीस्टारले प्रिक्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै पारोसँगको भिडन्त पक्का गरेको हो।

भुटानको लिग च्याम्यिन पारो भने सिधैं क्वार्टरफाइन प्रवेश गरेको टोली हो। पारोले पहिलो पटक आहारारा पोखरा गोल्डकपमा सहभागिता जनाएको छ।

पारो र थ्रीस्टारबीचको खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।

प्रतियोगितामा भुटानको पारोसहित १२ टिमको सहभागिता छ। प्रिक्वार्टरफाइनलबाट आयोजक सहारा क्लबसँगै राइजिङ स्टार, मछिन्द्र र एपीएफ बाहिरिएका छन्।

माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?