सुदूरपश्चिमलाई हराउँदै दोस्रो स्थानमा उक्लियो आर्मी

सुदूरपश्चिमलाई हराउँदै दोस्रो स्थानमा उक्लियो आर्मी
+
-

काठमाडाैँ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै छैटौं जितका साथ दोस्रो स्थानमा उक्लिएको छ।

टियू मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४८.३ ओभरमा अलआउट हुँदे २ सय ६२ रनमा समेटिएको थियो।

उसका लागि आठौं नम्बरमा ब्याटिङका लागि आएका कुशल मल्लले ६७ बलमा ७५ रनको इनिङ खेल्दा नवौं नम्बरमा आएका सोमपाल कामीले ३१ रन बनाए। त्यस्तै सन्तोष कार्कीले ३० रन बनाउँदा शहाव आलमले २१ रन जोडेका थिए। त्यस्तै बसिर अहमद ३६ रनमा आउट भए। सुदूरपश्चिमका भोज राज भाटले ६ विकेट लिंदा नरेन साउदले ३ विकेट लिए।

२ सय ६३ रनक लक्ष्य पछ्याएको सुदुरपश्चिम ४०.१ ओभरमा अलआउट हुँदै १ सय ६५ रनमा समेटियो। सुदूरपश्चिमका लागि किरण ठगुन्नाको ६८ रन सर्वाधिक रह्यो। उनीबाहेक शेर मल्लले २४ रन बनाउँदा नरेन भट्टले १८ रन बनाएका थिए। आर्मीका लागि जितेन्द्र मुखियाले ५ विकेट लिंदा सोमपाल कामीले २ तथा सहाव आलम, कुशल मल्ल र बसीर अहमदले समान १–१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?