नोबेल शिक्षण अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु

नोबेल शिक्षण अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु
+
-

मोरङ – विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोसी प्रदेश सरकारको योजनाअन्तर्गत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ।

सोमबार प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाको उपस्थितिमा नोबेल शिक्षण अस्पतालमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू भएको हो। स्वास्थ्य मन्त्रालयकी सचिव डा. देवकोटाले उपचारका लागि विरामी बालबालिकाको स्थायी बसोबास खुल्ने सरकारी काजपत्र आवश्यक हुने जानकारी दिइन्।

सचिव डा.देवकोटाले बिरामी बालबालिकालाई जीवन बिमाले निर्धारण गरेको औषधिसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिइन्।

पहिलोदिन उपचारका लागि अस्पतालमा बालबालिकाको उपस्थिति उल्लेख्य रहेको अस्पतालका निर्देशक डा. राजेश नेपालले बताए।
बिरामी उपचारका लागि डा. नेपालका अनुसार बिरामी बालबालिका १० वर्षमुनिको हुनुपर्ने, बालबालिकाको जन्मदर्ता र कोसी प्रदेशभित्रको स्थायी हुनुपर्ने प्रावधान छ। निर्धारित मापदण्ड भएका बिरामी बालबालिकाको निःशुल्क उपचारसँगै औषधिसमेत निःशुल्क व्यवस्था गरिएको डा. नेपालले जानकारी दिए।

निःशुल्क उपचार सेवाका लागि बिरामी भएका बालबालिकालाई नजिकैको स्वास्थ्य चौकीमा उपचार गराउन पुराउने, त्यहाँ उपचार संभव नभएपछि नजिकको अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएको अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित तोकिएको अस्पतालमा उपचार हासिल हुने उनको भनाइ छ।

प्रदेश सरकारको मानवीय विकासका लागि चालु वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटबाट यस उपचार योजना अघि बढेको हो। प्रदेश सरकारले विराटनगरको नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा यो सेवा उपलब्ध गराएको छ।

प्रादेशिक अस्पतालमा बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरेको मन्त्रालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?