पोखरामा वडाको रुख काट्ने अभियान, मेयर भन्छन्- निर्णय भएकै छैन

पोखरामा वडाको रुख काट्ने अभियान, मेयर भन्छन्- निर्णय भएकै छैन
+
-

पोखरा- पोखरा महानगरपालिका- १९ ले बाँदर आतंक बढी भएको भन्दै ‘म मेरो रुख काट्छु’ अभियान सञ्चालन गर्ने भएको छ। वडाले रुख काटेर अभियानमा सहयोग गर्न वडाबासीलाई अनुरोध गरेको छ।

तर नगरपालिकाले भने कुनै निर्णय नभएको भन्दै रुख नकाट्न आग्रह गरेको छ।

वडाध्यक्ष पुषपेन्द्र पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘…साविकको लामाचौर पुरनचौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रणसम्बन्धि नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘म मेरो रुख काट्छु’ भन्ने अभियान सञ्चालन गरी आ-आफ्नो घर वरपर रहेको रुख कटान गरी प्रदेश सरकारको निति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनुको साथै आ-आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रणमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि यो सूचना प्रकाशित गरिन्छ।’

वडाले अनुरोधलाई पोखराका मेयर धनराज आचार्यले विरोध जनाएका छन्।

फेसबुकमार्फत उनले नगरपालिकाले निर्णय नगरेको भन्दै रुख नकाट्न आग्रह गरेका हुन्।

उनले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

‘आफ्नो रुख आफैं काटौं अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकोले सो सम्बन्धि कुनै पनि कार्य (रुख काट्ने, फाड्ने) नगर्नु नगराउनुहुन सम्बन्धित सबैलाई जानकारी गरासकिएको छ। भ्रममा नपर्नुहुन अनुरोध छ,’ मेयर आचार्यले फेसबुकमा लेखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?