
काठमाडौं- एसियन कप फुटबल प्रतियोगितामा उपाधि दाबेदार जापानले क्वाटरफाइनलमा स्थान बनाएको छ। बुधबार भएको खेलमा बहराइनमाथि ३-१ को जित निकाल्दै जापानले अन्तिम आठमा स्थान बनाएको छ।
खेलको ३१ औं मिनेटमा रित्सु दोआनले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको जापानले दोस्रो हाफमा दुई गोल थपेको थियो। ४९औं मिनेटमा ताकेफुसा कुबोले गोल गर्दै अग्रता दोब्बर बनाए।
६४औं मिनेटमा बहराइनले एक गोल फर्काएपनि टिमको हार टार्न सकेन। तर ७२ औं मिनेटमा आयासे युएडाले गोल गर्दै पुन जापानले दुई गोलको अग्रता दिलाउँदै खेलमा ३-१ को अग्रता बनायो।
जापानले अब सेमिफाइनल प्रवेशका लागि इरान र सिरिया बीचको विजेता विरुद्ध खेल्ने छ। प्रतियोगिताको अन्तिम प्रि-क्वाटरफाइनल खेल आज राति ९:४५ बजे हुने छ।