प्रधानमन्त्रीको भ्रष्टचारविरुद्धको लडाइँ विपक्षलाई तर्साउने साधन होः प्रदीप ज्ञवाली

प्रधानमन्त्रीको भ्रष्टचारविरुद्धको लडाइँ विपक्षलाई तर्साउने साधन होः प्रदीप ज्ञवाली
+
-

पोखरा- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रष्टारविरुद्धको अभियान विपक्षीलाई तर्साउने साधन भएको टिप्पणी गरेका छन्। यो अभियानमा प्रधानमन्त्रीको इमान्दारिता नदेखिएको उनको आरोप छ।

शनिबार बिहान प्रेस चौतारी, कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले भ्रष्टचारको जोसुकै संग्लन भएपनि छाड्न नहुनेमा जोड दिए।

‘खोज्दै जाँदा जो मान्छे परोस्। भ्रष्टचारीको विचारधारा हुँदैन, रंग हुदैन भन्ने ढंगले लडाइँ लडियो भने बल्ल त्यो एउटा निष्कर्षमा पुग्ने स्थिति बन्छ। तर, त्यो भइरहेको स्थिति छैन,’ उपमहासचिव ज्ञवालीले भने।

बाँसबारी छाला जुत्ता प्रकरणमा पक्राउ परेकालाई छुटाउन प्रधानमन्त्री कार्यालयबाट दबाब सिर्जना भइरहेको उनको भनाइ थियो।

भ्रष्टाचारका जुन प्रकरणको फाइल खोलिएपनि माओवादी नेता जोडिएपछि बन्द भइरहेको उनले बताए। ‘उहाँको भ्रष्टाचारको छानविन कहाँ पुगेर सकिन्छ ? ललिता निवासको खोज्दै गयो मुख्य निर्णकर्ता माधकुमार नेपाल र बाबुराम भट्टराईको ढोकानिर पुगेपछि गाडीको स्टेरिङ स्वाट्ट काटिन्छ,’ ज्ञवालीले भने, ‘सुन तस्करी खोज्दै गयो महराको नाम आउँछ, कस्को नाम आउँछ। भरियाहरूलाई कारबाही गरेर अरू सबैलाई उन्मुक्ति दिने काम हुन्छ।’

ज्ञवालीले वर्तमान गठबन्धन सरकार रहिरहे देश संकटको भूमरीमा फस्ने उल्लेख गरे। सत्ता गठबन्धन जनताको समस्या समाधान गर्नुको सट्टा शक्ति केन्द्र धाएर सत्ता टिकाउनमा उद्धत रहेको उनको भनाइ छ।

सरकारको गतिविधिले जनतामा नैराश्यता छाइरहेको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?