यू-१९ साफ च्याम्पियनसिप: भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

यू-१९ साफ च्याम्पियनसिप: भारतसँग पराजित हुँदै बाहिरियो नेपाल
+
-

काठमाडौं- बंगलादेशमा जारी यू-१९ साफ च्यम्पियनसिपमा  नेपाल भारतसँग ४-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। भारतलाई हराउनै पर्ने खेमला नेपाल पराजित भएसँगै समूहचरणबाटै बाहिरियो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा लय गुमाउन पुग्दा ४ गोल खान पुगेको थियो।

नेपाललाई हराएसँगै भारत फाइनलमा प्रवेश गरेको छ। भारतलाई अग्रता दिलाउने क्रममा नेहाको ५४औं मिनेटमा पहिलो गोल गरेकी थिइन्। नेहालेनै ८०औं मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदा पाँच मिनेट पछिनै सुलाञ्जना राउलले तेस्रो गोल गर्दा भारत फराकिलो जित तर्फ अग्रसर भएको थियो। टिमका लागि चौथो गोल इन्जुरी समयमा सिन्डी कोल्नीले गरेकी थिइन।

जितसँगै भारतले बंगलादेश विरुद्ध फाइनल भेट पक्का गरेको छ। बंगलादेशले आफ्नो पहिलो दुई खेलमा नेपाल र भारत माथि जित निकाल्दै एक खेल अगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो। भारतको ३ खेलमा ६ अंक भएको छ। बंगलादेशको २ खेलमा ६ अंक रहेको छ। बंगलादेशले आज भुटान विरुद्ध खेल्दै छ। नेपालले भुटानलाई हराउँदै तीन अङ्क हात पारेको थियो।

भारतले पहिलो खेलमा भुटान माथि १०-० लो फराकिलो जित निकालेको थियो भने दोस्रो खेलमा बंगलादेश विरुद्ध १-० ले पराजित भएको थियो। यू-१९ साफ च्याम्पियनसिपको यो पाँचौं संस्करण हो । जसमा बंगलादेश ३ पटक च्याम्पियन बन्दा भारतले २ पटक उपाधि जितेको छ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा बंगलादेश सँग ३-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटान माथि १-० को जित निकाल्दा अन्तिम खेलमा भारतसँग ४-० ले हार्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?