दक्षिण अफ्रिकालाई हराउँदै भारत नवौं पटक यू-१९ विश्वकपको फाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै भारत नवौं पटक यू-१९ विश्वकपको फाइनलमा
+
-

काठमाडौं-आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भारतीय टोली नवौं पटक यू-१९ विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भयो। अब भारतले ११ फेब्रुअरीमा पाकिस्तान र अस्ट्रेलियाबिचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। अस्ट्रेलिया र पाकिस्तानबिचको दोस्रो सेमिफाइनल बिहीबार हुने छ।

बेनोनीमा भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो। जवाफमा २ सय ४५ रनको लक्ष्य पछ्याएको भारत ४८.५ बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल रह्यो। भारतको जितमा सचिन धासले ९६ रनको इनिङ खेल्दा कप्तान उदय सहारनले ८१ रनको इनिङ खेले।

यी दुईबिच पाँचौं विकेटका लागि १ सय ७१ रनको सानदार साझेदारी भएको थियो। त्यसअघि भारत ३२ रनमा ४ विकेट गुमाउँदै संकटपूर्ण अवस्थामा पुगेको थियो। तर कप्तान उदय र सचिनबिचको सानदार साझेदारी भारतीय जितको बलियो आधार बनेको थियो। यि दुइ बाहेक अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। दक्षिण अफ्रिकाका लागि क्वेना मफाका र त्रिस्टन लुसले समान ३-३ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि ओपनर लुहन-ड्रे प्रेटोरियसले ७६ रन बनाउँदा रिचर्ड सेलेटस्वानेले ६४ रन बनाएका थिए। त्यस्तै कप्तान जुआन जेम्स २४ रनमा आउट हुँदा ओलीभर ह्वाइटहेडले २२ रन बनाए। उसका ट्रिस्टन लुस २३ रनमा अविजित रहे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?