दक्षिण कोरियालाई स्तब्ध पार्दै जोर्डन एसियन कप फुटबलको फाइनलमा

दक्षिण कोरियालाई स्तब्ध पार्दै जोर्डन एसियन कप फुटबलको फाइनलमा
+
-

उपाधि दाबेदार दक्षिण कोरियालाई स्तब्ध पार्दै जोर्डन एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० ले पराजित गर्दै सनसनिपूर्ण रुपमा पहिलो पटक फाइनलमा स्थान बनायो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा जोर्डनले दोस्रो हाफमा बनाएको २ गोलको अग्रता फाइनल प्रवेशका लागि पर्याप्त बन्यो।

खेलको ५३औं मिनेटमा जोर्डनले सुरुवाती अग्रता बनाएको थियो। मूसा अल तामरीको पासमा याजान अल नैमातले आकर्षक चिप मार्फत जोर्डनलाई अग्रता दिलाएका थिए। ६६औं मिनेटमा जोर्डनले अग्रता दोब्बर बनायो। यो पटक अल तमारीले आफ्नो उत्कृष्ट एकल प्रयासमा गोल गर्दा दक्षिण कोरिया निरास बनेको थियो।

प्रतियोगितामा जोर्डन र दक्षिण कोरिया एकै समूहमा रहेका थिए। सो समूहमा दक्षिण कोरिया दोस्रो र जोर्डन तेस्रो रहँदै नकआउटमा प्रवेश गरेका थिए। समूह चरणमा जोर्डन र दक्षिण कोरियाले २-२ गोलको बराबरी खेलेका थिए।

जोर्डनले अन्तिम १६ मा इराक र क्वाटरफाइनलमा ताजिकिस्तानलाई हराउदै पहिलो पटक सेमिफाइनलको यात्रा तय गरेको थियो। जोर्डनले अब फाइनलमा कतार र इरान बीच बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?