हिउँमै पढ्न बाध्य एसईईका परीक्षार्थी

हिउँमै पढ्न बाध्य एसईईका परीक्षार्थी
+
-

सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागिता जनाउने उत्तरी हुम्लाका परीक्षार्थी हिउँमै पठनपाठन गर्न बाध्य छन्। तयारी कक्षा कोठामा अध्ययन गर्दा चिसो बढी हुने भएकाले घाम लागेका बेला हिउँमाथि बसेर पढ्दै आएका हुन्।

सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँको सैपाल माविमा यस वर्षको एसईईको तयारी कक्षा सञ्चालन गर्दै आएका शिक्षक सिर्जन रोकायाले चसोका कारण तयारी कक्षा हिउँमा बेन्च राखेर अध्ययन गरिरहेको बताए।

उनले कक्षामा धेरै चिसो हुने भएकाले पनि घाम लागेका बेला डेक्स–बेन्च र ह्वाइट बोर्ड बाहिर राखेर अध्ययन गर्नुपर्ने अवस्था रहेको बताए।

उक्त विद्यालयबाट एसईई दिने विद्यार्थीले चार वटा समूहले यसरी नै तयारी गरिरहेका छन्। यता, सदरमुकाम सिमकोटको बालमन्दिर माविमा एसईई तयारी कक्षा सञ्चालन गर्दै आएको गणित र विज्ञान विषयका शिक्षक धीरज रोकायाले चिसोको कारण हिउँमा बसेर पठनपाठन गर्नु सामान्यजस्तै भएको बताए।

उनले हिउँ परेका बेलाबाहेक अन्य समयमा यसरी नै घाममा बसेर कक्षा सञ्चालन गर्दै आएका छन्। कक्षा तयारी कक्षा सञ्चालन गर्दा विद्यार्थीले लेख्न नसक्ने भएकाले बाहिर कक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा आफू रहेको जानकारी दिँदै उनले आफूले पनि कक्षामा लेख्न कठिन हुने गरेको बताए।

यो समस्या सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका एसईईको तयारी गरिरहेका विद्यार्थीको साझाजस्तै भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?