रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि पहल गरिदिन आग्रह (तस्बिरसहित)

रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि पहल गरिदिन आग्रह (तस्बिरसहित)
+
-

काठमाडौँ – रुसी सेनामा कार्यरत नेपाली नागरिकको जीवनरक्षाको माग गर्दै नेपालीस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइएको छ।

पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानको तर्फबाट शुक्रबार ध्यानाकर्षणपत्र बुझाइएको हो। राष्ट्रसंघको कार्यालयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा पनि ध्यानाकर्षणपत्र बुझाइएको छ।

‘युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकहरुले अनाहकमा मृत्युवरण गर्नु पर्ने अवस्था, बाँचेकाहरु चाहेर पनि स्वदेश फर्कन नपाउने अवस्था, जबरजस्ती युद्धमा होमिन पर्ने वाध्यता, युद्धबन्दीको रुपमा नारकीय जीवन व्यतित गर्न बाध्य नेपालीहरुको दर्दनाक अवस्थाप्रति संवेदनशील भई आवश्यक पहलकदमीको लागि ध्यानाकर्षण गराउन चाहन्छौँ,’ पत्रमा भनिएको छ।

साथै रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरिदिन माग गरिएको छ।

‘जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरुको उचित उपचार, सेनामा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि स्वदेश फिर्ता, रुसी सेनामा रहेका नेपालीहरुको उद्धार र सकुशल घर फिर्ताको लागि वातावरण बनाई दिन रुसी सेनामा कार्यरत रहेर मृत्युवरण गरेका, बेपत्ता भएका र असहज स्थितिबाट गुज्रिरहेका नेपाली नागरिकका परिवारजनको तर्फबाट युनाइटेड नेसन्स, नेपालसमक्ष हार्दिक आग्रह गर्दछौँ,’ पत्रमा उल्लेख छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष