दियो बालेर सुरु भयो दुर्गा प्रसाईं नेतृत्व अभियानको वार्षिकोत्सव (तस्बिरहरु)

दियो बालेर सुरु भयो दुर्गा प्रसाईं नेतृत्व अभियानको वार्षिकोत्सव (तस्बिरहरु)
+
-

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’को कार्यक्रम सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा दियो बालेर महाअभियानको पहिलो वार्षिकोत्सव कार्यक्रम सुरु भएको हो।

वार्षिकोत्सवबाटै अर्को चरणको आन्दोलन सुरु गर्न लागेको प्रसाईंले बताएका छन्। प्रसाईंले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित अर्को चरणको आन्दोलन गर्न लागेका हुन्।

प्रसाईंले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनका लागि टुँडिखेल उपलब्ध गराउन नसकिने बताएका थिए।

श्रेष्ठले प्रसाईंलाई सोमबार टेलिफोन गरेर सरकारविरुद्धको आन्दोलनको लागि राजधानीको टुँडिखेलमा स्थान दिन नसक्ने बताएका थिए। यसअघि प्रसाईं समूहले गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष