
काठमाडाैँ – बहालवाला तथा अवकाशप्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले निर्माण गरिएको वरदान सैनिक विशेष दिवा विद्यालयको उद्घाटन गरिएकाे छ।
सैनिक श्रीमती संघको पहलतामा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित उक्त विद्यालयको प्रधानसेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले बुधबार उक्त विद्यालय उद्घाटन गरेका हुन्।
सैनिक श्रीमती संघको संरक्षकत्वमा सञ्चालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिनेछ।