
काठमाडौँ- स्थानीय परिकारका रेसिपीहरु समेटिएको नयाँ ‘कुकबुक’ सार्वजनिक भएको छ।
स्थानीय १०८ वटा परिकार समेटिएका ‘द नेपाल कुकबुक’ रोहिणी राणाले राजधानीमा शुक्रबार सार्वजनिक गरेकी हुन्।
राणाका यसअघि पनि कुकबुक प्रकाशित भइसकेको छ।
पूर्व प्रधानसेनापति गौरवशमशेर राणाकी श्रीमती रोहिणीको नेपाली परिकारप्रति विशेष रुचि छ।
राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा खानाका पारखीहरुको ठूलो संख्यामा उपस्थिति थियो।
तस्बिरहरु: बर्षा शाह