कमिसन रकममा वृद्धि नभएको भन्‍दै ग्‍याँस बिक्री बन्द

कमिसन रकममा  वृद्धि नभएको भन्‍दै ग्‍याँस बिक्री बन्द
+
-

विराटनगर– कमिसन रकममा वृद्धि नभएको जनाउदै ग्याँस बिक्रेताहरुले बुधबारदेखि विराटनगरमा ग्यास बिक्री कार्य बन्द गरेकाछन्। नेपाल ग्यास विक्रेता महासंघले ग्यास उद्योगहरुले विक्रेताहरुलाई विगत १० वर्षदेखि समान कमिसन दिदै आएको र त्यसमा बृद्धि हुनुपर्ने जनाएको छ।

विगत एक दशकदेखि खाना पकाउने ग्यासमा हामीले अधिकतम् ३५ रुपैया प्रति ग्यास सिलिण्डर कमिसन पाउदै आएको र सो कमिसन बढाउन माग गरेको महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले बताएकाछन्। उनले भने, ‘हामीले यो परिस्थित नआओस् भन्दै यससाता दुईपटक जिल्ला प्रशासन कार्यालयमा बैठक पनि बस्यौं तर नजिता शुन्य। बाध्य भएर बन्द गर्नुपर्ने भयो।’

उपभोक्तामा मर्का पर्छ, विरोधका अन्य विकल्प पनि हुन सक्नेतर्फ किन तपाईहरु जानुहुन्‍न भन्‍ने प्रश्‍नमा उनले ग्‍याँस कम्पनीहरुले नै विक्रेताको समस्या बनेर आएको आरोप लगाउँदै भने, ‘ यहा कम्पनीहरु नै खराब परिस्थिति बनाइरहेका छन्। पटक-पटक कमिसन बढाउन आग्रह गर्दा पनि सुन्दैनन् । हामी समस्यामा परेकाछौ।’

हाल ग्यासको मुल्य विराटनगरमा १ हजार ३ सय ५५ रहेको छ। जसमा विक्रेताहरुले ५ प्रतिशत कमिशन उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ। २६ गतेसम्ममा उनीहरुको माग सम्बोधन नभए, ग्यास उद्योगमा रिले अनसन बस्ने श्रेष्ठले बताए।

अर्कोतर्फ कोशी ग्यास उद्योगका सतिश उपाध्यायले भने, ‘सरकारले उपलब्ध गराउने कमिसनमा कमी होला, तर अहिले प्रादेशिक संरचना पूर्ण नहुन्जेल उहाहरुले यो कार्य नगरेको भए राम्रो हुने थियो।’ उनले कमिसनको विषयमा स्पस्ट पार्दै भने, ‘कमिसन त सरकारी निकाय, नेपाल आयल निगमले नै तोक्छ। त्यही अनुरुप हामीपनि मुनाफा वा घाटा बेहोर्छौ।’

हाल उनीहरुले पाउदै आएको ३५ रुपैया प्रति सिलिण्डरमा पनि आफुहरुले केही रकम जोड्दै आएका छौ । नत्र डिलरले पाउने कमिसन भनेको ३२ रुपैया मात्र हो। बन्दका क्रममा विहानीपख विक्रेताहरुले विराटनगरको रानी क्षेत्रमा एक ग्यास उद्योगले ग्यास आपूर्ति गर्न लागेकोमा रोक लगाउदै ट्रक फिर्ता पठाएका छन्।

विराटनगरमा ग्यास बिक्रि गर्ने कम्तिमा २ सय वटा डिलर रहेकाछन्। त्यसैगरी, मोरङ जिल्लामा कोशी र रिजाल गरि दुइ वटा ग्यास कम्पनी रहेको छ । त्यसैगरी, सुनसरीमा तीन र झापामा चार वटा ग्यास उद्योगमा सञ्‍चालनमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?