तस्बिरमा हेर्नूहोस् प्रतिनिधिसभा बैठक

तस्बिरमा हेर्नूहोस् प्रतिनिधिसभा बैठक
+
-

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक जारी छ। आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ।

राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ प्रतिनिधिसभामा पेस गर्नेछन्।

प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

बैठकमा एमाले सांसद् गोकर्ण विष्ट, रास्वपाका सभापति एवम् सांसद् रवी लामिछाने, सांसद् कुसुमदेवी थापा, प्रेम सुवाल, कमल थापा लगायतले प्रश्न राखिसकेका छन् भने जसको जवाफ प्रधानमन्त्री दाहालले दिएका छन्।

थप तस्बिरहरू:

   

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष