काठमाडौँ – नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। ललितपुरको गोदावरीमा बैठक सुरु भएको हो।
बैठक फागुन १० गतेसम्म चल्नेछ। कार्यक्रमस्थलमा सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता गोदावरी पुगिसकेका छन्। बैठकमा सहभागी हुने देशभरबाट महासमिति सदस्यहरु उपस्थित भइसकेका छन्।
बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ। प्रवेशद्वारमा संस्थापक नेता बिपी कोइराला र पार्टी सभापति देउवाको तस्बिर राखिएको छ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ।
त्यस्तै, प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरी समूहगत रूपमा छलफल हुनेछ।
तस्बिर: सुलभ श्रेष्ठ


भर्खरै
लोकप्रिय






































































































































































































