
हे पिर
तँ,
किन मलाई
पिरोल्न आउँछ्स्
पल पल
यस्तै हो भने पिर
तेरो माला लाएर म
सहर घुमिदिन्छु
अनि भन्छु
ल हेर्नुहोस्
पिरको माला
किन्ने कोही छ
पिरको माला?
पिर नपरेको को छ?
पिर सबैलाई परेको छ
परेकै छ र त पिर
अनि लाउने छ्न्
सबैले पिरको माला
मन्दिरमा चढाउनेछ्न्
पिरको माला
पसलमा बिक्री गर्नेछन्
पिरको माला
स्वागत गर्न चाहिने छ
पिरको माला
अनि सबैले भन्नेछ्न्
मलाई पनि दिनुहोस्
एउटा पिरको माला
लगाउँ लगाउँ सबैले
एक एक वटा
पिरको माला।