‘शैक्षिक गुणस्तर माथि उकास्न सबै क्षेत्र जिम्मेवार’

‘शैक्षिक गुणस्तर माथि उकास्न सबै क्षेत्र जिम्मेवार’
+
-

सिमकोट – शिक्षा क्षेत्रलाई माथि उकास्नका लागि एउटा क्षेत्र मात्र जिम्मेवार नभएर सरोकार राख्ने सबै क्षेत्र उत्तिकै जिम्मेवार भएको सहभागीले जनाएका छन्। सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयमा सोमवार शैक्षिक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन्।

विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गर्न र शैक्षिक स्तर उकास्न विद्यालय भर्खर सञ्चालनमा आएको समय पारी यो कार्यक्रम सञ्चालन गरिएको हो।

भीमसेन आधारभूत विद्यालयकी शिक्षक छोप्साङ लामाले विद्यालय र शिक्षक लागेर मात्र शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन नसकिने बताइन्।
विद्यालयमा विद्यार्थी भर्ना दर वृद्धि गर्न र गुणस्तरीय शिक्षा हासिल गर्नका लागि सरोकारवाला पक्षसँग राय, सल्लाह र सुझाव लिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएका शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले बताए।

उनले कार्यक्रममा सहभागीहरूबाट समयमै विद्यार्थी भर्ना गर्न र गुणस्तरीय शिक्षा हासिल गर्न शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक र गाउँपालिकाको पनि समान भूमिका रहेको सुझाव आएको बताए।

केही समयअघि गाउँपालिकाले कक्षा आठको वार्षिक परीक्षा गाउँपालिकास्तरीय रुपमा सञ्चालन गरेको र सो परीक्षाको नतिजा खस्कँदो आएका कारण विद्यालयसँग गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले विषयगत शिक्षकको व्यवस्था, पाठ्यपुस्तक समयमै उपलब्ध गराउनुपर्ने, अभिभावक बढी जिम्मेवार हुनुपर्ने, परिमार्जित पाठ्यक्रमअनुसार शिक्षकलाई तालिमको व्यवस्था गर्न सके शिक्षा क्षेत्रमा निकै सुधार ल्याउन सकिने बताए।

कार्यक्रममा सोही विद्यालयका सहायक प्रधानाध्यापक जयबहादुर बमले शिक्षक नियमित, अध्ययनशील हुनुपर्ने बताउँदै शिक्षा क्षेत्रमा सहयोग बढाउनुपर्ने सुझाव दिए।

उनले विद्यालयमा शिक्षाको स्तर कमजोर हुनुको कारण विद्यार्थीले विद्यालय परिवर्तन गर्ने कार्य पनि जिम्मेवार रहेको गुनासो सुनाए।

उनले सरोकारवाला निकायबाट अनुगमन कार्यालयको मात्र नभएर पठनपाठन भइरहेका कक्षाकोठामा समेत हुनुपर्ने सुझाव दिए।

त्यसैगरी एउटा विद्यालयमा अनुत्तीर्ण भएको विद्यार्थी अर्को विद्यालयमा गएर भर्ना हुने कार्य पनि गुणस्तरीय शिक्षा हासिका लागि बाधक बनेको सुझाव आएको थियो।

कुनै पनि माध्यमबाट अभिभावकलाई शिक्षाप्रति जिम्मेवार बनाउनुपर्ने सुझाव अन्य सहभागी शिक्षकबाट आएको थियो। गाउँपालिकाले आफ्नो शिक्षा नीति तथा कार्यक्रममा शैक्षिक अवस्था सुधार गर्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने रहेको थियो।

कार्यक्रममा शिक्षक लालबहादुर रावत, कमला लामा, गाउँपालिका कावा अध्यक्ष नन्द रावत, निमित्त प्रशासकीय अधिकृत ममता महतलगायतले सुझाव दिएका थिए।

अब सिमकोट गाउँपालिकाले फागुन १५ गतेभित्र गाउँपालिकाका अन्य मावि मानसरोवर, रामदेव, रलिङ, कैलाश, सनसाइन, कर्णाली र सैपालमा पनि सञ्चालन गर्नेछ। सबै माविमा यो कार्यक्रम सञ्चालन भइसकेपछि गाउँपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम पनि राखिने भएको छ। विद्यालय सञ्चालनमा आए पनि पठनपाठन भने फागुन १६ गतेबाट सुरु हुने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?