आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्यो

आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्यो
+
-

चितवन- आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा उपचार गराउन आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएकाले पनि यो उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको पुष्टि हुन्छ ।

केन्द्रका अनुसार चालु आर्थिक वर्षको छ महिनामा २४ हजार तीनजना बिरामीले कार्यालयबाट विभिन्न सेवा लिएका छन् ।

बहिरङ्ग चिकित्सा सेवामार्फत सबैभन्दा बढी सात हजार सात सय ९१ जनाले सेवा लिएका छन् । यसैगरी, योग सेवा दुई हजार ६ सय १०, पूर्वकर्म/पञ्चकर्म सेवा पाँच हजार पाँच सय २७, ज्येष्ठ नागरिक सेवा एक हजार नौ सय ७५, स्तनपान आमा तथा शिशु सेवा एक सय २०, नागरिक आरोग्य स्वास्थ्य सेवा दुई हजार सात सय ७९, प्रयोगशाला सेवा दुई हजार पाँच सय ४४, अकुपञ्चर सेवा तीन सय ३५, फिजियोथेरापी सेवा दुई सय ८२ र अल्ट्रासाउन्ड सेवा ४० जनाले लिएका छन् ।

गत आर्थिक वर्षमा यी सबै सेवा लिनेको सङ्ख्या ४९ हजार पाँच सय १३ थियो ।

केन्द्रका अतिरिक्त औषधालय, नागरिक आरोग्य सेवा केन्द्रहरु र जीवनशैली सेवामार्फत जिल्लाभरि सेवा दिँदै आएको छ ।

भरतपुरको शिवघाट, देवघाट, गुञ्जानगर, पटिहानी, मेघौली र डालेटारमा आयुर्वेद औषधालय रहेका छन् । यसका अतिरिक्त माडी र राप्तीको वीरेन्द्रनगरमा यी सेवा रहेका छन् ।

कालिका नगरपालिकाको सगुनटोल, खैरहनी नगरपालिकाको कुमरोज र इच्छाकामना गाउँपालिकाको चुम्लिङ्गारमा नागरिक आरोग्य सेवा केन्द्रहरु सञ्चालनमा छन् । केन्द्रले मुख्यमन्त्री जनता स्वास्थ्य, प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, स्वास्थ्य जीवन प्रवद्र्धनलगायत कार्यक्रम गर्दै आएको छ । यसैगरी, योग तथा पूर्वकर्म अभिमुखीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, कर्मचारी पुनःताजगी योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

केन्द्रले नमूना जडीबुटी उद्यान निर्माण, विद्युत् आयुर्वेद तथा योग शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, नागरिक आरोग्य सेवा तथा अभियान, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धनजस्ता कार्यक्रम पनि गर्दै आएको छ ।

केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद औषधि उपचारको व्यापक प्रचारप्रसार गर्नसकेमा यसले मानव स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताए । केन्द्रको भौतिक पूर्वाधार र सेवा विस्तारसँगै बिरामीको आकर्षण बढेको उहाँको भनाइ छ । केन्द्रलाई आगामी साउनदेखि २५ श्ययाको अस्पतालको रुपमा विकास गरिँदै छ । हाल केन्द्रको अस्पताल भवन निर्माणाधीन छ । यससँगै विशेषज्ञ चिकित्सकसहितको दरबन्दी थप हुने र अन्तरङ्ग सेवा सुरु हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?