
काठमाडौं- पिएसजीका स्टार स्ट्राइकर केलियन एम्बाप्पे अन्तत रियल म्याड्रिड जाने पक्का भएको छ। एम्बाप्पे आगामी समरमा रियल म्याड्रिड पुग्ने छन्। फ्रान्सका २५ वर्षीय कप्तान एम्बाप्पेले पिएसजी छोड्ने क्लबलाई जानकारी गराएका छन्। उनको पिएसजीमा आगामी जुनमा सम्झौता सकिंदै छ।
एम्बाप्पेले अहिलेनै रियलसँऊ सम्झौता नगरेपनि डिल पक्का भएको दावि अन्तराष्ट्रिय सञ्चारमाध्यामले गरेका छन्। यद्यपि क्लबले चाँडै सम्झौता गर्न सक्ने जनाइएको छ। विश्वकप विजेता एमबाप्पेले पिएसजीका लागि २ सय ४४ गोल गरेका छन्।
एम्बाप्पे मार्च भन्दा अघिनै आफ्नो भविष्य निश्चित गर्ने ध्याउनमा रहेका छन्। उनले १३ फेब्रुअरीमा प्रशिक्षण अघि पिएसजी अध्यक्ष नासेर अल-खेलाइफीलाई भेटेर क्लब छोड्न लागेको जानकारी दिएका छन्।
उनले रियलसँग एक सिजनमा १५ मिलियन युरो पाउने सम्झौता गरेका छन्। साथमा उनले पाँच वर्षमा बोनस बापत थप १ सय ५९ मिलियन पाउने गरी सम्झौताको तयारी गरेको जनाइएको छ।
रियलले एमबाप्पेलाई लामो समय देखि क्लबमा भित्राउने प्रयास गरेपनि सफल भएको थिएन। मोनाकोमा हुँदै रियलले क्लबमा भित्राउन प्रयास गरेपनि एमबाप्पे सन् २०१८ मा मोनाकोबाट १८० मिलियन यूरो ट्रान्सफर फि सहित पिएसजीमा अनुबन्ध भएका थिए।
त्यसपछि रियलले लगभग हरेक वर्षमा एमबाप्पे भित्र्याउन प्रयास गरेपनि सफल भएन। स्पेनी सञ्चार माध्यमका अनुसार रियलले २०२२ मा गरेको प्रस्तावभन्दा अहिलेको प्रस्ताव आर्थिक रूपमा कम भएपनि उनले पिएसजी छोड्ने पक्का भएको हो।