मादीमा अन्तरपालिका भलिबल हुँदै, विजेतालाई ३ लाख पुरस्कार

मादीमा अन्तरपालिका भलिबल हुँदै, विजेतालाई ३ लाख पुरस्कार
+
-

पोखरा- कास्कीको मादी गाउँपालिकाले प्रथम पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता गर्ने भएको छ। गाउँपालिकाले आठौं स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरेको हो।

फागुन २७ देखि २९ गतेसम्म मादीको याङजाकोटमा खेल सञ्चालन हुनेछ। खेलकुदको माध्यमबाट मादीको पर्यटन प्रवर्द्धन गर्न अध्यक्ष कप आयोजनना गरेको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बताए।

मादीमा नेपालकै सबैभन्दा कम उचाइमा रहेको कुपुचे हिमताल र प्रसिद्ध कोरी क्षेत्र पर्छ। स्थानीय तहबाटै राष्ट्रियस्तरका खेलाडी उत्पादनमा प्रतियोगिता सहयोगी बन्ने अध्यक्ष गुरुङको भनाइ थियो।

अध्यक्ष कप भलिबलको विजेता टोलीले ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुनेले १ लाख र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्ने गाउँपालिकाले जानकारी दिएको छ। चौंथो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। विभिन्न विधाका खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन्।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच पनि मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिन्छ।

यस्तै, मादीका विद्यालयमा कार्यरत शिक्षकबीच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

हजिरीजवाफको विजेता, दोस्रो र तेस्रोले क्रमशः १५ हजार, १० रुपैयाँ र ५ हजार रुपैयाँ पाउनेछन्।

स्थापना दिवसको अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, कृषक, उपभोक्ता समिति, टोलसुधार समिति, सहकारीमा आबद्ध व्यक्तिहरूलाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ। ज्येष्ठ नागरिकलाई ग्रामपिता र माता घोषणा गरिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?