नेपालगञ्जमा ४२ हजारलाई दादुरा–रुबेला खोप लगाइँदै

नेपालगञ्जमा ४२ हजारलाई दादुरा–रुबेला खोप लगाइँदै
+
-

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ४२ हजार २ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने भएको छ।
फाल्गुन १३ देखि १९ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ।

९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइन्छ। अभियानलाई सफल बनाउन उपमहानगरपालिकाले विभिन्न व्यक्तित्वहरुसँग छलफल थालेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जमा आयोजना गरेको नेपालगञ्ज उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले नेपालगञ्जमा ८० प्रतिशतमात्रै कभरेज रहेकाले त्यसलाई बढाउने चुनौती रहेको बताए। उनका अनुसार, उपमहानगरपालिकामा समग्रमा ८० प्रतिशत कभरेज भएपनि वडाहरुमा फरक–फरक कभरेज रहेको छ। कुनै वडामा १६, १७ र २१ प्रतिशतसम्म कभरेज रहेको छ।

नेपालगञ्जमा ७४ स्थानमा सञ्चालन गरिदैछ। स्कूलहरुमा गएर खोप लगाउने रणनीति बनाइएको छ। नेपालगञ्जमा गतवर्ष दादुरा महामारी फैलिएको थियो। जसबाट एक जनाको मृत्यु भएको थियो भने २ सय १४ जना संक्रमित भएका थिए। नेपालगञ्जमै दादुरा महामारी फैलिएपछि सरकारले सन् २०२३ मा दादुरा निवारण गर्ने घोषणा धकेलिएको थियो।

स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकृत नरेश श्रेष्ठले गतवर्ष नेपालगञ्ज उपमहानगरपालिकालगायत अन्य पालिकामा गरेर ३ सय २९ जनामा संक्रमण देखिएकाले शून्य खोप र आंशिक खोप लगाएकालाई समेत छुट्न नदिने बताए।

नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दिन राईले खोप अभियानलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?