तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता
+
-

सिमकोट – हुम्ला जिल्लाका मुगु जिल्लासँग सीमा जोडिएको चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इञ्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी कार्यालयमा परेको जानकारी दिए। सो उजुरीका आधारमा अनुसन्धान हुँदा फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक भए गरेको कार्यभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए/गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरी ११ लाख ९४ हजार ४२६ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको पुष्टि भएका कारण मुद्दा दर्ता गरिएको उनले बताए।

यसैगरी, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी र कोषाअध्यक्ष डल्ली बुढाले वास्तविक रुपमा भएको कार्यभन्दा बढी भुक्तानी माग गरी ११ लाख ९४ हजार ४२६ रुपैयाँ भुक्तानी लिने कार्य गरी भ्रष्टाचार गरेको ठहर अख्तियारको छ। अध्यक्ष बुढा, सचिव ऐडी र कोषाध्यक्ष बुढाविरुद्ध सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जनिवाना गरी बिगो जफत हुन मागदाबी लिइएको छ।

साथै, चंखेली गाउँपालिका–३ का वडाध्यक्ष सालिग्राम ऐडीले आ.व. ०७४/७५ मा सञ्चालित चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण कार्यमा नभए÷नगरेको कार्यलाई समेत भए/गरेको भनी सिफारिस तथा प्रतिवेदनसमेत दिई भ्रष्टाचार गरेको आरोप छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ड को उपदफा (घ) बमोजिमको कसुर गरेकले ऐडीलाई सोही दफा ८(३) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?