
इन्डियन प्रिमियर लिग (आइपिएल-२०२४) को २१ खेलको खेल तालिका सार्वजानिक गरिएको छ। दोस्रो चरणको खेल तालिका भने भारतमा हुने लोकसभा चुनावको मिती घोषणा पछि जारी गरीने जनाइएको छ। टी-२० फर्म्याटमा आयोजना हुँदै आएको प्रतियोगिताको यो १७ औं संस्करण हो।
पहिलो चरण अन्तर्गत २२ मार्च देखी ७ अप्रिल सम्मको खेल तालिका बिहीबार घोषणा गरिएको हो। यो दौरान १७ दिनमा २१ खेल हुने छ। जसमा ४ डबल हेडर (दिनमा दुई खेल) हुने छन्। यो सिजनको पहिलो खेल २२ मार्चमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच चेन्नईको घरेलु मैदान चेपाक स्टेडियमा हुने छ।
चेन्नईले नवौं पटक इन्डियन प्रिमियर लिग आइपिएलको उद्घाटन खेल खेल्न लागेको हो। यसअघि टिमले ८ पटक ओपनिङ खेल खेलेको छ। चेन्नईले अहिले सम्म कुल १० फाइनल खेलेको छ। जसमा ५ उपाधि जितेको छ। चेन्नईले गत संस्करण पनि उपाधि जितेको थियो। टिमले अहमदाबादमा भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
यस्तो छ सेड्युल