वाफ महिला फुटबल च्याम्पियनसिप: पहिलो हाफमै इराक विरुद्ध साम्बाको चार गोल

वाफ महिला फुटबल च्याम्पियनसिप: पहिलो हाफमै इराक विरुद्ध साम्बाको चार गोल
+
-

काठमाडौं- पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आमन्त्रित टोलीका रुपमा सहभागि रहेको नेपालले दोस्रो खेलमा पनि रवाफिलो सुरुवात गरेको छ। सावित्रा भण्डारी एक्लैले इराक विरुद्ध पहिलो हाफमै चार गोल पुरा गरीन्।

साउदी स्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा वरियता बिहीन इराकमाथि रवाफिलो सुरुवात गर्ने क्रममा सावित्रा भण्डारी (साम्बा) ले खेलको १४औं मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन। उनलेनै १६औं मिनेटमा टिमका लागि दोस्रो गोल गर्दा गोलरक्षकले डिफेन्सलाई दिएको बल खोस्दै सहजै गोल गरेकी थिइन। ३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनले पूजा रानाको आकर्षक लो क्रसलाई घुँडा टेक्दै आकर्षक हेडमार्फत आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन। ४४औं मिनेटमा उनले रेखाको पासमा गरेको प्रहार गोलरक्षक अल सदेइले बचाएपनि रिबाउन्डमा उनले व्यक्तिगत तथा टिमका लागि चौथो गोल पुरा गरेकी थिइन।

नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो । नेपालको जितमा अमिषा कार्की, सावित्रा भण्डारी, रेखा पौडेल र अनिता बस्नेतले समान एक एक गोल गरेका थिए। इराक भने पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध ३-० ले पराजित भएको थियो। नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन्। नेपाल र प्यालेस्टाइन दुवैको समान ३-३ अंक रहेको छ। नेपाल रहेको समूहमा रहेका सबै टोली फिफा वरियतामा नेपाल भन्दा निकै पछि रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?